पोख्रेबुङ चामोङ १५ न. समष्टिमा भागोप्रमोमा सामेल

Chamong-Pokhrebong

पोख्रेबुङ: जीटीए चुनाव जति नजिक आइरहेको छ त्यतिनै उमेद्वारहरूको प्रचार तीब्र बनिरहेको छ। चुनावको माहोलले दस्तक दिइरहेको स्थितिमा हाल एकातिर विभिन्न दललाई समर्थन जनाउने क्रम पनि चलिरहेको छ। यसै राजनैतिक मौसममाझ आज गोजमुमो पोख्रेबुङ चामोङ १५न. समष्टि सहसचिव दिवा रसाइली र सदस्य सचिन बस्नेत भागोप्रमोमा सामेल भएर झण्डा ग्रहण गरयो। समष्टि नेतृत्व अनुप बराइली, प्रेम छेत्री, भुपेन सुब्बा,यूवा शक्तीका सिदार्थ गुरूङ, प्रणय राई, बिनोभा ओझा र किरण पाख्रीनको विशेष उपस्थितिमा समष्टि अध्यक्ष तथा उमेद्वार नोबल बम्जनले गोजमुमो नेतृत्व रसाईली अनि बस्नेतलाई दलिय झण्डा प्रदान गरेर पार्टिमा स्वागत जनाए। चुनावको गर्मागर्मी मौसममाझ अचानक दल त्यागेर भागोप्रमोमा समेल हुनुको प्रमुख कारण बताउँदै रसाइलीले गोर्खा जनमुक्ति मोर्चाले दिएको निर्दल उमेद्वारलाई आफूले नचिन्ने बताए| यस प्रसंगमा मैले चिनेको व्याक्ति नोबल बम्जन रहेको तथा जीटिए चुनावमा भुमिपुत्र पार्थीको रुपमा बम्जन जस्तो अरूको दुःख बुझ्ने तथा असल सोच लिएर पोख्रेबुङ चामोङ क्षेत्रको विकास कार्यमा लागीपरेका कुशल नेतृत्व रहेकोले बम्जनलाई साथ दिन हामीले यो निर्णय लिएका हौ भने। आफूले कुनै पनि पार्टिलाई दोसारोपण नगर्ने बताउदै आउने दिनहरूमा नेतृत्व बम्जनले क्षेत्रको सर्वाङ्गिन विकास परिप्रेक्ष्यमा असल कार्य गर्ने कुरामा आफूहरु आशावादी रहेको बताए। आफू समरिपानी अप्पर शाखाको रहेको जनाउदै आउँदो दिनमा समरिपानी अप्पर शाखालाई विकासको गतिमा नयाँ ढाँचाले अघि बड़ाएर लैजान पार्थी बम्जन प्रतिबद्ध रहने रसाइलीको भनाइ थियो| यसैगरी भागोप्रमोको झण्डा ग्रहन गरेपछि आफूले यहाँ प्रतिद्वन्दी गर्न चुनावमा ओर्लिएका निर्दल पार्थीहरु कसैलाई नचिन्ने बताउदै बस्नेतले हामीले चिनेको व्यक्ति भनेको केवल बम्जन मात्र रहेको बताए। यसै कारण जीटीए चुनावमा बम्जनलाई तनमनले सहयोग गरेर विपुल मतले जिताएर पठाउने रसाईली र बस्नेतले अपिल गरे। 

About Author

Advertisement