पोख्रेबुङमा जल जीवन मिशन परियोजनामा धाँधली भएको गोरामुमोको आरोप

photocollage_2023324194827750.jpg

दार्जिलिङ: पोख्रेबुङ नागरी समष्टि अन्तर्गत केन्द्र सरकारको जल जीवन मिशनमा धाँधली अनि लापरवाही भएको गोरामुमोले आरोप लगाएका छन्। पोख्रेबुङ खासमहल अन्तर्गत क्षेत्र नम्बर एक अनि दुईको स्थानीय बासिन्दाहरुको निम्ति ७०७ परिवारलाई वितरण गरिने भनिएको उक्त कार्यमा धेरै लापरवाही अनि धाँधली भएको गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाले जानकारी दिएका छन्। आज केन्द्रीय समिति सदस्य किशोर राई अनि समष्टिका प्रतिनिधिवर्गको साथमा निरीक्षण गर्दै वाई लामाले मिडियालाई जानकारी दिदै आठ करोड सन्तानब्बे लाख अठार हजार चार सय एकत्तरर हजारको अनुमानित राशिमा बनिएको जल जीवन मिशन परियोजनाको कार्य गत वर्ष ३ नोभेम्बर २०२२ मा वर्क अर्डर भएको र दिनाङ्क ९ डिसेम्बर २०२२ को दिन समाप्त हुन पर्ने तर अझैंसम्म कार्य नसकिएको बताएका छन्। वाई लामाले जानकारी दिदै भने, मुख्य पानीको स्रोत ठूलो र्‍याङ खोला अनि सानो र्‍याङ खोलाबाट लगिएका छन् तर मुख्य पाइप लापरवाही तरिकाले बिछ्याएको, ब्याण्ड लगाउनु पर्नेमा हातले जबर्जस्ती बङ्याएर लगाएका छन् साथै पाइपलाई सिमेन्टको पोस्ट लगाउने पर्नेमा रुखको हाँगाहरु लगाएका छन्। नियम अनुसार प्लास्टिकको पाइप केवल पन्ध्र मिटर हुन पर्नेमा रिजर्व ट्याङ्कीबाट नै घरसम्म पुग्नको निम्ति जीआई पाइप हुन पर्नेमा एक किलोमीटरभन्दा ज्यादा प्लास्टिकको पाइप बिछ्याइएका छन्। रिजव ट्याङ्की पनि सहि ढंगले नबनाएको हातले कोट्याउँदा सिमेन्ट र बालुवा सजिलैसँग निक्लिने अवस्थामा रहेको निरीक्षणको क्रममा हामीले पायौं। घरमा बनिएको आइडेन पनि नियम अनुरुप नभएको हामीले पाएका छौं। यो सरासर लापरवाही अनि धाँधली हो। यो जनताको पैसा हो, जनताले सरकारलाई ट्याक्स तिरेका छन्।यसको निम्ति हामी सांसद राजु विष्टमार्फत् केन्द्र सरकारलाई निरीक्षण गरिनु पर्ने मांग गर्दै पत्राचार गर्नेछौं साथै दार्जीलिङ जिल्ला अधिकारी, खण्ड विकास अधिकारी लगायत सम्बन्धित विभागहरुमा पनि पत्राचार गर्नेछौं। उनले अघि भने, सांसद राजु विष्टले भ्रष्टाचारीको उदाङ्गो गरिरहेका छन् तर भ्रष्टाचारीहरुले नै उनलाई नानाथरीको लाञ्छाना लगाइरहेका छन्। हामीलाई लाग्छ केन्द्र सरकारले हाम्रो मुद्दाको सुनवाइ गर्नमा ढिलाइ गरिरहेका छन् तर सांसद राजु विष्टले मुद्दाको निम्ति आफ्नो कार्यलाई निरंतरता दिन्दै कार्य गरिरहेका छन् यसकारण अब हाम्रो मुद्दा पनि अब चाडैं टुङ्गो लाग्नेछ।

About Author

Advertisement