पोकलोक–कमराङमा क्याप सिक्किमको एसीईसी समन्वय सभा

n6959955621767727073299aa1b7e227d8d0c4084c7c8c7a0f44e99f11c18c1ad6e26eb6dd24eb2c947793a

नाम्ची: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किम अन्तर्गत पोकलोक–कमराङ निर्वाचन क्षेत्रको एसीईसी समन्वय सभा आज नाम्ची जिल्ला कार्यकारिणी समितिका अध्यक्ष डीबी स्टिफन गुरुङको अध्यक्षतामा सम्पन्न भयो।
प्रेस विज्ञप्तिअनुसार सभामा सदस्यता अभियान, आगामी स्थापना दिवस तथा पार्टी संगठनलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो। किसान तथा सहकारी परिषद्का अध्यक्ष एचबी राईले सालघारी क्षेत्रमा प्रस्तावित कोइला खानीले नाम्ची बजारसहित वरपरका क्षेत्रमा गम्भीर नकारात्मक असर पार्ने चेतावनी दिए। उनले सरकार आर्थिक लाभमै केन्द्रित भएको आरोप लगाउँदै क्याप सिक्किम नागरिक सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए।
अध्यक्षीय सम्बोधनमा डीबी स्टिफन गुरुङले वर्तमान सरकारले सामन्ती, शोषक र पूँजीवादी शक्तिको पक्षमा काम गरेको आरोप लगाए। राज्यको सुरक्षा, नागरिक अधिकार र तानाशाही प्रवृत्तिविरुद्ध आम नागरिकको पक्षमा वकालत गर्ने संगठन क्याप सिक्किम मात्र भएको उनको दाबी थियो।
सभामा पार्टीलाई तृणमूल तहसम्म मजबुत बनाउने विषयमा जोड दिइँदै अन्य नेताहरूले पनि आ–आफ्नो धारणा राखेका थिए।

About Author

Advertisement