पैह्रो कारण राजमार्ग १०मा फेरि एक पल्ट यातायात ठप्प

सिलगढ़ी। आज बिहानै कालेबुङ जिल्लाको कालीझोड़ा नजिक पैह्रो कारण राजमार्ग १०मा फेरि एक पल्ट यातायात ठप्प भएको छ। जसले गर्दा सिक्किमलाई जोड्ने राजमार्गमा बिहानदेखि नै यातायात पूर्ण रूपमा ठप्प भएको छ।

ज्ञात सहोस, आइतवार साझँ कालीझोड़ा नजिक बिरिकधारामा पनि पैह्रो गयो। साँझको समय जिल्ला प्रशासनले पैह्रोको माटोलाई हटाएर राजमार्गमा यातायातलाई सामान्य गऱ्यो। सोमवार फेरि त्यही ठाउँ भारी पैह्रो बगयो। फलस्वरूप, राजमार्ग संख्या १० मा यातायात पूर्ण रूपमा ठप्प भयो।

राजमार्गमा असंख्य वाहनहरूको लाइन लागेको छ। सम्बन्धित विभागले आज बिहानदेखि राष्ट्रिय राजमार्गमा अर्थ मूवर लगाएर पैह्रो हटाउनु शुरू गरेको छ। खबर लेखिञ्जेलसम्म पैह्रो हटाउने काम जारी थियो।

About Author

Advertisement