पैह्रोको चपेटमा दार्जिलिङमा दुईवटा गाड़ी क्षतिग्रस्त

photocollage_202475181439354

दार्जिलिङ: लगातार रूपमा परिरहेको पानी झरीले गर्दा दार्जिलिङमा पैह्रोमा चपेटमा परेर दुईवटा गाड़ी क्षतिग्रस्त भएको छ। आज बिहान दार्जिलिङको लेबोङ कार्ट रोडस्थित लरेटो कन्भेन्ट स्कूल नजिक पैह्रोको चपेटमा परेर दुईवटा गाड़ी क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार विद्यार्थीहरू बोक्ने गाड़ी उक्त दुईवटा पार्किङ गरेर राखेको ठाउँमा नै माथिबाट आएको पैह्रोले क्षतिग्रस्त बनाएको छ। पैह्रोको चपेटमा परेर क्षतिग्रस्त बनेको दुईवटा गाड़ीहरू स्थानीय, दार्जिलिङ नगरपालिका र पुलिस प्रशासनको सहयोगमा निकालेर रोड सफा गरिएको छ। उक्त समयमा नै दार्जिलिङको रेलवे स्टेशन नजिक पनि पैह्रो गएर एक घर पैह्रोको चपेटमा परेको जानकारी प्राप्त भएको छ। उक्त पैह्रो पनि स्थानीय, पुलिस प्रशासन र नगरपालिका मिलेर सफा गरी रोड सुचारू गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement