पेशादार फूटबलमा १००० गोल गर्ने दृढ़संकल्प व्यक्त गरे क्रिस्टियानो रोनाल्डोले

IMG-20251230-WA0066

रियाद: पोर्तुगलका दिग्गज फूटबल खेलाड़ी क्रिस्टियानो रोनाल्डो पेशादार करियरमा १००० गोलको आँकड़ालाई छुन चाहन्छन्। रोनाल्डोले यसको निम्ति दृढ़संकल्प व्यक्त गरेका छन्। पोर्तुगलका यस ४० वर्षीय स्ट्राईकरलाई यस लक्ष्यलाई हासिल गर्न सकिने पूर्ण विश्वास रहेको छ। उनको नाममा पेशादार फूटबलमा अहिले ९५६ गोल रहेको छ। रोनाल्डोलाई आइतवार अबेर राति दुबईमा़ आयोजित ग्लोब सकर अवार्ड्समा मध्य-पूर्वका सर्वश्रेष्ठ खेलाड़ी चयन गरियो। यस अवसरमा उनले भने, चोट नलागे म यो यस आँकड़ा (१००० गोल)-लाई अवश्यै हासिल गर्नेछु। रोनाल्डोले आउँदो साल मेक्सिको, अमेरिका र क्यानाडाको संयुक्त आयोजनमा हुने फिफा वर्ल्ड कपमा पोर्तुगल टीमको कप्तानी गर्नेछन्। वर्ल्ड कप शुरु हुँदासम्म उनको उमेर ४१ साल पुग्नेछ। रोनाल्डोले शनिवार सऊदी प्रो लीगमा अल-नस्रबाट खेल्दै २ गोल गरेर आफ्नो करियरको गोलसंख्यालाई ९५६-सम्म पुऱ्याए। उनको यस गोलसंख्यामा पोर्तुगलको निम्ति अन्तर्राष्ट्रिय फूटबलमा गरेको रेकर्ड १४३ गोल पनि सामेल छ। रियल म्याड्रिड, म्यानचेष्टर युनाइटेड र युभेण्टस जस्ता शीर्ष टीमहरूको प्रतिनिधित्व गरिसकेका यस स्ट्राईकरले भने, म अहिले पनि अघि बढ़्नको निम्ति प्रेरित छु। म कहाँ खेलिरहेको छु भन्ने कुराले कुनै फरक पर्दैन। मलाई शुरुदेखि नै फूटबल खेल्नु, ट्रफी जित्नु र गोल गर्नु मन पर्छ अनि यसरी नै अघि बढ़्न चाहन्छु। मेरो लक्ष्य के छ भन्ने तपाईंहरूलाई थाहा छ। म अझ ट्रफी जित्न चाहन्छु अनि त्यस संख्यासम्म पुग्न चाहन्छु, जुन तपाईंहरू सबैलाई थाहा छ। रोनाल्डोले अहिलेसम्म वर्ल्ड कप जितेका छैनन्। उनले २०१६-मा पोर्तुगलको साथ यूरोपियन च्याम्पियनशीप चाहिँ जितेका थिए।

About Author

Advertisement