पेरिस: पेरिस ओलम्पिकमा भारतको शुरुवात असल रह्यो। भारतले महिला धनुकाँड़ (आर्चरी) टीम स्पर्धाको क्वार्टर फाइनलमा सीधै प्रवेश प्राप्त गऱ्यो कारण अंकिता भक्त, भजन कौर र अनुभवी दीपिका कुमारीकी टीमले बिहीवार भएको ऱ्याङकिंग राउण्ड स्पर्धामा चौथो स्थान हासिल गऱ्यो। भारतीय धनुर्धरहरूमा अंकिताले असल प्रदर्शन गर्दै एघाह्रौं स्थान हासिल गरिन् जबकि भजन र दीपिका क्रमशः २२औं र २३औं स्थानमा रहिन् । भारतीय महिला टीमले २१ वटा बुल्सआई र ८३ वटा १०-को स्कोरसहित जम्मा १९८३ पोइण्ट्स बटुल्यो । शक्तिशाली दक्षिण कोरिया २०४६ पोइण्ट्सको साथ आशानुरुप शीर्ष स्थानमा रह्यो। यसरी चीन र मेक्सिको क्रमशः १९९६ र १९८६ पोइण्ट्सको साथ दोस्रो र तेस्रो स्थानमा रह्यो। अंकिताको निम्ति यो सीजनको सर्वश्रेष्ठ प्रदर्शन थियो कारण आज उनी टीमको सबैभन्दा सटीक धनुर्धर थिइन्। दीपिकालाई आज शुरुदेखि नै लय हासिल गर्नको निम्ति संघर्ष गरिरहेको देखियो। भारतकी यस अनुभवी धनुर्धरबाट टीमलाई अब मुख्य राउण्डमा असल प्रदर्शनको आशा रहनेछ। कोरियाकी लिम सिहयोन ६९४ पोइण्ट्सको साथ पहिलो स्थानमा रहिन्, जुन नयाँ वर्ल्ड रेकर्ड हो। भारतकी धनुर्धर अंकिता ६६६ पोइण्ट्सको सीजनको सर्वश्रेष्ठ स्कोरको साथ एघाह्रौं स्थानमा रहिन्।

यसरी भजनले ६५९ र दीपिकाले ६५८ स्कोर गरिन्। यसबीच भारतीय पुरुष धनुकाँड़ टीमले पनि क्वार्टर फाइनलमा स्थान सुरक्षित गऱ्यो। अनुभवी तरुणदीप राईको साथमा प्रवीण जाधव र धीरज बोम्मादेवराको भारतीय टीमले असल प्रदर्शन गर्दै ऱ्याङकिंग राउण्डको वाधा पार गऱ्यो।








