पेरिस ओलम्पिक २०२४: टेबल टेनिसको प्री-क्वार्टर फाइनलमा पुगिन् मनिका बत्रा

IMG-20240730-WA0136

पेरिस: मनिका बत्राको पेरिस ओलम्पिकमा उत्कृष्ट प्रदर्शनको क्रम जारी रहेको छ। सोमवार यस भारतीय खेलाड़ीले फ्रान्सकी प्रीथिका पावड़ेलाई लगातार ४ गेममा पराजित गरी टेबल टेनिस महिला एकल स्पर्धाको प्री-क्वार्टर फाइनलमा स्थान बनाइन्। बत्राले म्याचमा पावड़ेलाई सजिलैसँग ११-९, ११-६, ११-९, ११-७-ले पराजित गरिन्। यस जीतको साथै मनिका ओलम्पिकको प्री-क्वार्टर फाइनल चरणमा पुग्ने देशकी पहिलो टेबल टेनिस खेलाड़ी बनिन्। टुर्नामेण्टमा १८औं वरीयता प्राप्त अनि विश्वका २८औं स्थानमा रहने २०१८ कमनवेल्थ गेम्स च्याम्पियन मनिकाले यसअघि पेरिस ओलम्पिकमा विश्वकी १०३औं नम्बरकी खेलाड़ी ग्रेट ब्रिटेनकी अन्ना हर्सीलाई ११-८, १२-१०, ११-९, ९-११, ११-५-ले पराजित गरी अभियान शुरु गरेकी थिइन्।
मनिकालाई शुरुवातमा देब्रे हातका प्रतिद्वन्द्वी विरुद्ध तालमेल मिलाउनु कठिन भयो अनि पहिलो गेम रोमाञ्चक रह्यो। मनिकाले अन्तिम ३ पोइण्ट्स हासिल गरी ११-९-ले पहिलो गेम जितिन्। दोस्रो गेममा पनि एक समय स्कोर ६-६ रहेको थियो तर मनिकाले पछिबाट असल प्रदर्शन गर्दै ११-६-ले गेम जितिन्। पहिलो दुई गेममा लय हासिल गरेपछि मनिकालाई म्याच जित्न अधिक समस्या भएन। प्री-क्वार्टर फाइनलमा मनिकाले जापानकी आठौं वरीयता प्राप्त हिरोनो मियू र हंगकंगकी झू चेंगझूबीच खेलिने म्याचको विजेतासँग खेल्नेछिन्।

About Author

Advertisement