पेरिस ओलम्पिकमा ११७ जना भारतीय खेलाड़ीले चुनौती पेश गर्ने

IMG-20240717-WA0138

नयाँ दिल्ली: भारतीय ओलम्पिक संघ (आईओए)-ले यस महिनाको अन्तमा हुने पेरिस ओलम्पिकको निम्ति भारतीय एथलीटहरूका सूची जारी गऱ्यो। पेरिस खेलहरूमा भारतका ११७ जना एथलीटले हिस्सा लिनेछन् जबकि १४० जना सहयोगी स्टाफ पनि ओलम्पिकमा जानेछन्। आईओए-द्वारा जारी गरिएको सूचीमा शट् पुट एथलीट आभा खटुआको नाम चाहिँ छैन। केन्द्रीय खेल मन्त्रालयले यसको स्वीकृति दिएको छ। खटुआले विश्व ऱ्याङकिंगको आधारमा ओलम्पिक कोटा हासिल गरेकी थिइन् तर उनको नाम कुनै स्पष्टीकरण बिना नै सामेल गरिएको छैन। पेरिस ओलम्पिकमा भारतले एथलेटिक्समा सबैभन्दा ठूलो दल पठाइरहेको छ। एथलेटिक्समा २९ जना खेलाड़ीले पदकको निम्ति चुनौती पेश गर्नेछन्। यसमा ११ जना महिला र ८ जना पुरुष एथलीट सामेल छन्। यसबाहेक शूटिंगमा २१ र पुरुष हकीमा १९ जना खेलाड़ीले हिस्सा लिनेछन्। टेबल टेनिस दलमा ८ जना खेलाड़ी रहेका छन्। ब्याडमिण्टन दलमा ७ जना खेलाड़ी रहेका छन्, जसमा दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धू पनि सामेल छिन्।
यसबाहेक कुश्तीमा ६, आर्चरीमा ६ र बक्सिंगमा ६ जना खेलाड़ीले यी खेलहरूमा हिस्सा लिनेछन्। यसरी गोल्फमा ४, टेनिसमा ३, स्वीमिंगमा २, सेलिंगमा २ तथा घोड़ा सवारी, जूडो, रोइंग र भारोत्तोलनमा १-१ जना खेलाड़ीले चुनौती पेश गर्नेछन्। टोक्यो ओलम्पिकमा भारतले ११९ सदस्यीय दल पठाएको थियो अनि टीमले एउटा स्वर्णसहित जम्मा ७ वटा पदक जितेको थियो, जुन ओलम्पिकको इतिहासमा भारतको सर्वश्रेष्ठ प्रदर्शन थियो।

About Author

Advertisement