पेरिस ओलम्पिकको निम्ति अर्जेण्टिनाई फूटबल टीममा स्थान पाएनन् मेस्सीले

IMG-20240703-WA0223

ब्यूनस आयर्स: लियोनल मेस्सी यस महिनाको अन्तमा पेरिसमा शुरु हुने ओलम्पिक खेलहरूमा अर्जेण्टिनाई फूटबल टीमको हिस्सा हुनेछैनन्। प्रशिक्षक जेवियर माशेरानोले मंगलवार घोषित टीममा वर्ल्ड कप विजेता टीमका चारजना सदस्यसलाई स्थान दिएका छन्, जसमा स्ट्राईकर जूलियन अल्वारेज र डिफेण्डर निकोलस ओटामेण्डी सामेल छन्। यस साल चोटसँग जुझिरहेका ३७ वर्षीय मेस्सी अहिले कोपा अमेरिकामा अर्जेण्टिनाबाट खेलिरहेका छन्। टुर्नामेण्टमा टीमको लक्ष्य २०२१-मा जितेको खिताबलाई बचाउने रहेको छ। अर्जेण्टिनाले २०२१-मा कोपा अमेरिकापछि २०२२-मा फिफा वर्ल्ड कप जितेको थियो। मेस्सीले एकमात्र २००८-को बेजिंग ओलम्पिकमा हिस्सा लिएका थिए अनि त्यस समय टीमले स्वर्ण पदक जितेको थियो। ओलम्पिकमा फूटबल प्रतियोगिता अण्डर-२३ खेलाड़ीहरूका निम्ति हुन्छ तर प्रत्येक टीममा तीनजना अधिक उमेरका खेलाड़ीहरू राख्ने अनुमति हुन्छ। साल २००४ र २००८-मा खेलाड़ीको रूपमा ओलम्पिक स्वर्ण पदक जित्ने प्रशिक्षक माशेरानोले कोपा अमेरिका समाप्त भएपछि गोलकीपर गेरोनिमो रुली, ओटामेण्डी र अल्वारेजलाई ओलम्पिकको टीममा सामेल गर्नेछन्। हाले रिवर प्लेटबाट म्यानचेष्टर सिटीमा सामेल हुने मीडफिल्डर क्लाडियो एचेवेरी पनि टीममा सामेल हुनेछन्। अर्जेण्टिनाले ओलम्पिकमा आफ्नो पहिलो म्याच २४ जुलाईमा मोरक्कोविरुद्ध खेल्नेछ। त्यसअघि टीमले फ्रान्समा दुईवटा फ्रेण्डली म्याच खेल्नेछ। ग्रुप बी-मा अर्जेण्टिना र मोरक्कोबाहेक इराक र युक्रेन पनि रहेको छ।

About Author

Advertisement