सिलगढी: गत केही दिन अघिदेखि सिलगढी वार्ड नम्बर ४ मा पिउने पानी वितरण नभएकोले गर्दा वार्डवासीहरू आक्रोशित बनेका छन्। आक्रोशित मानिसहरूले आज अपरान्हमा वर्द्धमान रोडमा विक्षोभ प्रदर्शन गरे। आफुहरूले पिउने पानी नपाएकोले भोग्न परेको समस्याबारे बताउदै विक्षोभ प्रदर्शन गरे। नगरनिगमको तर्फबाट यो समस्या समाधानको लागि दुइवटा ट्याङ्की पठाएका थियो। तर त्यसले तिनीहरूको समस्या समाधान नहुने बताए। पिउने पानीको परिसेवा चाँडै पुन शुरु गरिनु पर्ने मांगमा पथ अवरोध गरे। यो घटनाको खबर पाएर तुरन्तै खालपाडा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूसित बातचित गरि समस्या समाधान हुने आश्वासन दिइएपछि पथ अवरोध हटाइयो। यसको साथै वार्ड नम्बर ४ का पार्षद विवेक सिंह पनि घटनास्थलमा पुगेका थिए।









