पेन्टोक जीपीयूमा पैह्रौको चपेटमा परि एकको मृत्यु

IMG-20230712-WA0420.jpg

गान्तोक: गत केही दिन अघिदेखि निरन्तर परेको पानीले राज्यको विभिन्न स्थानमा व्यापकरूपमा क्षति पुऱ्याएको छ। यसै क्रममा उत्तर जिल्लाको अप्पर लिङजियामा पैह्रौ जाँदा एक जनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार जङ्गु निर्वाचन क्षेत्र अन्तर्गत साक्योङ पेन्टोङ ग्राम पञ्चायत यूनिट अन्तर्गत अप्पर लिङजियामा पैह्रौको चपेटमा परि एक व्यक्तिको मृत्यु भएको छ। सुत्रले बताए अनुसार उक्त पैह्रौको चपेटमा परि एक चालिस वर्षीय व्यक्तिको मृत्यु भएको र उनको शव उद्दार गरिएको छ। यस घटनाको जानकारी पाउनसाथ स्थानीय प्रशासन लगायत सम्वन्धित विभागका अधिकारीहरूले घटनास्थलमा पुगेर घटनाको जायजा लिए।

About Author

Advertisement