पेट्रोल पम्पमा आगलागी

गान्तोक: हिजो राति बोझोघारीस्थित एक पेट्रोल पम्पमा आगलागी हुँदा दुई जना घाइते भएको जानकारी प्राप्त भएको छ। पुलिसले जानकारी गराए अनुसार उक्त घटना रातिको १० बजी भएको हो। उक्त क्षेत्रमा ड्यूटीमा तैनाथ लेस नाइक पूर्ण बहादुर छेत्री र लेस नाइक डुप छिरिङ भोटियाले उक्त घटनाबारे थानामा सूचित गराएका थिए। बोझोघारीको पेट्रोल पम्पमा आगलागी भएको थानाले थाह पाएपछि अग्निशमन विभाग साथै पुलिसकर्मी घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गरेको बताइएको छ। यस घटनामा परि त्यहाँ कार्यरत दुई जना कर्मचारी घाइते बनेका छन् भने उनीहरूलाई शीघ्र उपचारको निम्ति एसटीएनएम अस्पतालमा भर्ना गराइएको छ। घटनाको कारण अहिलेसम्म थाह लाग्न नसकेता पनि पेट्र्ल पम्पको अघि जेनेरेटर मशिन राखिएको र त्यसैबाट आगो लागेको हुन सक्ने पुलिसले अनुमान लगाएको छ। पुलिसले यस घटनालाई लिएर आइपीसीको धारा ४३५/ २८५/३३६ र ३३७ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

Advertisement