गेजिङ: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक लोकनाथ शर्माले आज पेचरेक हि–पाताल जीपीयूअन्तर्गत हि–पातालमा स्टकम्यान सेन्टरको उद्घाटन गरेका छन्। उद्घाटन समारोह पशुपालन एवं पशु चिकित्सा सेवा विभागको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा डेञ्जोङ एग्रीकल्चरल को–अपरेटिभ सोसाइटीका सल्लाहकार अशोक प्रधान, ओएसडी इन्द्रकला छेत्री, जिल्ला पञ्चायत सदस्य धनमाया छेत्री लगायतको उपस्थिति रहेको थियो।
उक्त अवसरमा विभागका अतिरिक्त निर्देशक तथा जिल्ला प्रमुख बीबी लिम्बूले पशुपालन एवं पशु चिकित्सा सेवा विभागले सञ्चालन गरिरहेका वर्तमान गतिविधि र किसान तथा पशुपालक लक्षित सेवाहरूका बारेमा जानकारी गराएका थिए। स्टकम्यान सेन्टर सञ्चालनमा आएसँगै स्थानीय पशुपालकहरूलाई सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।










