गान्तोक: पूर्व सरकारको कार्यकालमा भएका भूलहरूलाई वर्तमान सरकारले सुधार गर्ने काम गरिरहेको सिक्किमे मुलवासी सुरक्षा संगठनले दावी गरेको छ। आज राजधानीस्थित संगठनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संगठनका अध्यक्ष पेमा थुटेनले यो जानकारी गराएका हुन्।हिजो सम्पन्न भएको सिक्किम विधानसभामा पूर्व मुख्यमन्त्री पवन चामलिङले नाटक देखाए भन्दै उनले आपत्ति पनि जनाए। यी सबै कुराहरू उनको कार्यकालमा नै भएको हुनाले अहिले यसबारेमा केही बोल्न र विधानसभामा उत्तर दिन नसकेपछि राज्यबासीबाट सहानुभूति प्राप्त गर्ने मनसाय लिएर विधानसभा जस्तो पवित्रस्थलमा उनले नाटक गरेको सताए पत्रकार सम्मेलनमा संगठनका महासचिव पुर्ण सिंह राई र गान्तोकका अध्यक्ष पवन बराईलीले पनि सम्बोधन गरेका थिए।









