पूर्व विधायक परिसंघद्वारा एसकेएम पार्टीलाई शुभकामना

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको अगुवाईमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई सिक्किमेली जनताले दोस्रो चोटी प्रचण्ड बहुमतका साथ सरकारमा पुनः पुऱ्याएकोमा पूर्व विधायक परिसङ्घ, सिक्किमले हार्दिक शुभकामना व्यक्त गरेको छ।

परिसङ्घको आज एक औपचारिक बैठक सम्पन्न भयो, उक्त सभाको अध्यक्षता परिसङ्घका अध्यक्ष डी बी ठटालले गरेका थिए भने सो सभाले नव निर्वाचित सबै उम्मेद्वारहरूलाई पनि शुभकामना दिएको। आज परिसङ्घको एउटा टोलीले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई गान्तोक स्थित मिङ्तोकगाङमा भेट गरि शुभेच्छा पनि प्रकट गरेको बताइएको छ। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको अगुवाईमा गठन हुने दोस्रो सरकारको कार्यकालमा सिक्किमको धेरै थाँतीमा रहेका काम, जनताले दिएको विश्वासको मतको सदुप्रयोग हुने र जनताबाट निर्वाचित सरकारले जनताकै हितमा समर्पित रहेर अघिल्लो कार्यकालमा झैं डटेर काम गर्ने छ भन्ने परिसङ्घले विश्वास व्यक्त गरेको छ।

About Author

Advertisement