सिक्किम: पूर्व विधायक उगेन नेडुप भोटिया भाजपामा सामेल

n58758597017092245769564fa3296982958ea264577dca1715c98a42833d640ac15d0512b9da1c8781b80d.jpg

गान्तोक: कबि लुङचोकका पूर्व विधायक उगेन नेडुप भोटिया भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्। उत्तर सिक्किमको फेन्साङस्थित भोटियाको निवासमा आज आयोजित एक संक्षिप्त सामेल कार्यक्रममा प्रदेश भाजपा अध्यक्ष डीआर थापाले पूर्व विधायक भोटियालाई भाजपामा स्वागत जनाए।

पूर्व विधायक उगेन नेडुप भोटिया भाजपामा सामेल हुनु मंगन जिल्लाको कबि लुङचोक निर्वाचन क्षेत्रमा पार्टीको निम्ति ठूलो हौसला रहेको प्रेस विज्ञप्तिमा जनाइएको छ। प्रदेश भाजपाले भोटियालाई पार्टीमा स्वागत जनाउॅंदै एक अनुभवी राजनीतिज्ञको उपस्थितिले पार्टी संगठनलाई सुदृढ़ बनाउन बल मिल्ने छ भनी विश्वास व्यक्त गरेको छ।

About Author

Advertisement