पूर्व राज्यपाल गंगाप्रसाद र मुख्यमन्त्री तामाङबीच बैठक

IMG-20250322-WA0358

गान्तोक: सिक्किम राज्यका पूर्व राज्यपाल गंगा प्रसादले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा पूर्व राज्यपालको कार्यकाल र राज्यमा रहँदा उनले गरेका अविस्मरणीय अनुभवहरूको सम्झना गर्दै विभिन्न विषयमा कुराकानी गरे। भेटघाटको क्रममा सिक्किमको प्रगति र विकासकबारेमा प्रकाश पार्दै सिक्किम राज्यले हासिल गरेको अहिलेसम्मको प्रमुख उपलब्धिहरू र भविष्यमा गरिने विभिन्न योजनाबारे पनि जानकारी गराए। मुख्यमन्त्रीले पूर्व राज्यपालको स्वास्थ्यबारेमा जानकारी लिँदै स्वास्थ्यलाभको लागि शुभकामना व्यक्त गरेका छन्। यसै क्रममा राज्यका मानिसहरूले आफूप्रति देखाएको स्नेहको सराहना गर्दै पूर्व राज्यपाल गंगा प्रसादले राज्यको स्थिर विकास र यहाँका नागरिकहरूको मायाप्रति कृतज्ञता जाहेर गरे।

About Author

Advertisement