कोलकाता: आज आसनसोल दक्षिणकी भाजपा विधायिका अग्नीमित्रा पालले पश्चिम बङ्गालका पूर्व राज्यपाल श्री सी. भि. आनन्द बोससँग सौजन्य भेटवार्ता गरिन्।
भेटका क्रममा पूर्व राज्यपालसँग विभिन्न विषयमा संक्षिप्त छलफल भएको विधायिकाले जनाइन्। साथै शिक्षित तथा ज्ञानवान व्यक्तित्वको सान्निध्य प्राप्त गर्नु आफ्ना लागि ठूलो उपलब्धि भएको पनि संजाल मार्फत उल्लेख गरिन्।
अन्तमा विधायिका पालले पूर्व राज्यपाल श्री सी. भि.आनन्द बोस जस्ता विद्वान व्यक्तिसँगको भेटले प्रेरणा र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरिन्।










