पूर्व राज्यपाललाई हेर्न वर्तमान राज्यपाल सिलगढ़ीमा

IMG-20250606-WA0298

गान्तोक: गत केही दिनदेखि सिलगढीको एक निजी नर्सिङ होममा उपचाराधीन राज्यका पूर्व राज्यपाल गंगा प्रसादको स्वास्थ्यबारे जानकारी लिन वर्तमान राज्यपाल ओमप्रकास माथुर आडज सिलगढी पुगे। यस अवसरमा उनले पूर्व राज्यपालसँग भेट गर्दै उनको सुस्वास्थ्यबारे जानकारी लिए। उल्लेखनीय छ, पूर्व राज्यपाल गंगा प्रसादको स्वास्थ्यबारे जानकारी लिने उद्देश्यले मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि केही दिन अघि नर्सिङ होम पुगिसकेका छन्। यसबीच राज्यपाल माथुरले पूर्व राज्यपालको शीघ्र सुस्वास्थ्य लाभको कामना गरेका छन्।

About Author

Advertisement