पूर्व मुख्यममन्त्री चामलिङ र क्याप नेता गणेश राईले पनि भरे नामाङ्कन

photocollage_202432722559743.jpg

पाकिम: आगामी १९ मार्चमा सम्पन्न हुने लोकसभा र राज्य विधानसभा चुनाउको निम्ति नामङ्कन भर्ने आज अन्तिम दिन पाकिमको जिल्लापाल कार्यालयमा राज्यका हेवी वेट नेताहरूको जमघट भएको थियो। आज यहाँ निवर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङ अतिरिक्त सिक्किम डेमोक्रेटिक फ्रण्टका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री प्रेम सिंह तामाङ र सिटिजन एक्शन पार्टीका मुख्यमन्त्री पदका उम्मेद्वार गणेश कुमार राई पनि नामङ्कण भर्न आएका थिए। यसरी नै अन्य नेताहरूमा पूर्व मन्त्री सोमनाथ पौड्याल पनि थिए।

उल्लेखनीय छ, मुख्यमन्त्री प्रेम सिंह तामाङले पाकिम जिल्लाअन्तर्गत रिनाक निर्वाचन क्षेत्रबाट नामङ्कण भरेका छन् भने पवन चामलिङले नाम्चेबुङ र गणेश राई छुजाचेन क्षेत्रबाट चुनाउ लड़िरहेका छन्। यसरी नै पूर्व मन्त्री सोमनाथ पौड्याल एसडीएफ पार्टीबाट रिनाक क्षेत्रमा चुनाउ लड़िरहेका छन्।

नामङ्कण भरेपछि पत्रकारहरूसित छोटो कुराकानी गर्दै पूर्व मुख्यमन्त्री पवन चामलिङले सिक्किमे जनताले एसडीएफ पार्टीलाई फेरि एकपल्ट सरकारमा ल्याउने कुरामा आफू विश्वस्त रहेको बताए।

About Author

Advertisement