पूर्व मुख्यमन्त्री स्व. सञ्चमान लिम्बूको स्मृतिमा चेस प्रतियोगिता

n5405646421695492432204c6311a8fa470d8169358e886bb0c867397b5c7cbbc7de3e04014d601fb8340a0.jpg

गान्तोक:सिक्किम चेस एसोसिएशनले सिक्किमका पूर्व मुख्यमन्त्री स्व. सञ्चमान लिम्बूको स्मृतिमा चेस प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी २९ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म चल्ने उक्त प्रतियोगिताको नामकरण ‘स्व सञ्चमान लिम्बू मेमोरियल सिक्किम स्टेट ओपन चेस च्याम्पियनशिप’ राखिएको छ।

सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकालले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए अनुसार, चार दिनसम्म चल्ने यस प्रतियोगिताको आयोजना स्व. सञ्चमान लिम्बूको स्मृतिमा गरिएको हो। यसको प्रायोजन पूर्णरूपमा उहॉंकै परिवारले गरेको हो। विजयी प्रतियोगीहरूलाई ट्रफी र नगद राशि प्रदान गरिने छ।

उनले स्व. सञ्चमान लिम्बू पनि एक राम्रो चेस खेलाडी थिए भनी बताए। राज्यमा चेस खेलको उत्थानको निम्ति उहॉंका परिवार अघि आएकोमा उनले धन्यवाद दिए। उनले यस टुर्नामेन्टलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने विचार रहेको थप जानकारी गराए।

यस अतिरिक्त, महासचिव ढकालले आगामी २१ देखि २९ अक्टोबरसम्म नर्थ इस्ट टुर्नामेन्ट भइरहेको र उक्त टुर्नामेन्टको निम्ति यसै टुर्नामेन्टमा खेलाडीहरूको चयन गरिने जानकारी गराए। उनले नर्थ इस्ट टुर्नामेन्टको निम्ति उत्कृष्ट १५ जना खेलाडी चयन गरिने बताए।

About Author

Advertisement