सिलगढी: आज सिलगढीमा वामफ्रन्टका वरिष्ठ नेता अनि राज्यका पूर्व मुख्यमन्त्री ज्योति बसुको १०९औं जन्म जयन्ती पालन गरियो। आज सीपीआईएम-को तर्फबाट राज्यभरिमै पूर्व मुख्यमन्त्री ज्योति बसुको जन्मदिन पालन गरिरहेको छ। दार्जिलिङ जिल्ला सीपीएम-को तर्फबाट पनि आज सिलगढीस्थित पार्टीको अनिल विश्वास भवनमा पूर्व मुख्यमन्त्री ज्योति बसुको जन्मदिन पालन गरियो। वाम नेता अशोक भट्टाचार्य, जीवेश सरकार, सुरज पाठक, पहाडका वामफ्रन्ट नेता केबी वातर लगायत अन्य नेतृत्वहरूले आज ज्योति बसुको प्रतिकृतिमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा अशोक भट्टाचार्यले भने, वामफ्रन्टका वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्री ज्योति बसुसित नजिकमा रहेर १० वर्षसम्म काम गर्ने अवसर पाए। तिनी एकजना असल व्यक्ति साथै खप्पिस राजनीतिज्ञ पनि थिए।









