जलपाईगुडी: देशभरका साथमा, कांग्रेसले सोमबार जलपाईगुडीमा पनि भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय इन्दिरा गान्धीको ३९औं पुण्यतिथि मनायो। सो अवसरमा सोमबार बिहान शिशिर्तला मोरस्थित इन्दिरा गान्धीको शालिक अगाडि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित कांग्रेसका वरिष्ठ नेता देवप्रसाद रोयले पूर्वप्रधानमन्त्रीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।कार्यक्रममा जिल्ला कांग्रेस सभापति पिनाकी सेनगुप्तालगायत नेताहरुको उपस्थिति रहेको थियो। सबैले इन्दिरा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। जिल्ला कांग्रेस सभापति पिनाकी सेनगुप्ताले आफ्नो सम्बोधनमा पूर्व भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा प्रकाश पारेका थिए।










