जलपाइगढी। पूर्व केएलओ लिङ्क म्यान तथा मृतका परिवारका सदस्यहरूले नोकरी माग गर्दै आज जलपाइगढी विभागीय कमिश्नरलाई एउटा ज्ञापन पत्र चढाएको छ। ज्ञापन पछि पत्रकारहरूसित कुराकानी गर्दै अब्दुल लतिफ प्रामाणिकले भने, हामी जस्ता धेरैजना होम गार्डको नोकरी भए पनि यसबाट वञ्चित रहेका छौँ। हाल धेरैजनाले नोकरी नपाएकोले गर्दा आफू लगायत परिवारको पालन पोषण गर्न निक्कै असुविधा भइरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले धेरैजनालाई नोकरीको व्यवस्था गरिदिए तापनि रहल केहीले अहिलेसम्म नोकरी पाएका छैनन्। यसैले आफूहरूलाई पनि चाँडै नोकरीको व्यवस्था गरिदियोस् भन्ने माग गर्दै आज ज्ञापन पत्र चढाएको तिनले बताए।










