पूर्वी नेपालमा सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी

IMG-20240619-WA0129.jpg

भद्रपुर: सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ। पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी गरिएको जानकारी दिए।

सात वर्षदेखि ट्रेलको प्रबर्द्धन र प्रचारप्रसार गर्दै आएकामा सन् २०२५ मा आन्तरिक तथा बाहृय गरी एक लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागिएको राईले बताउछन। त्यसका लागि खाना, बस्न, खानेपानी, शौचालय, पार्टी–पौवा लगायत संख्या बढाउन र सेवा सुविधा थप्न आवश्यक छलफल भइरहेको छ।
‘पर्यटकका लागि अत्यावश्यक सेवा सुविधा थप्नुपर्ने आवश्यकता छ,’ राईले भन्नुभयो–‘सूचना तथा उद्धार केन्द्र स्थापनादेखि अन्य व्यवस्थापकीय काममा ध्यान दिनुपर्नेछ।’ भ्रमण वर्षको मुख्य आकर्षणमा गोठस्टे, सुन्तला, धामी, साकेला उभौली र उधौली, रुद्राक्ष लगायत महोत्सव आयोजना गरिने राईको भनाई छ।

मुन्दुम ट्रेल किरात समुदायको सघन बसोबास रहेको खोटाङ, भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा लगायत पर्यटकीय क्षेत्रहरू पर्दछन्।

About Author

Advertisement