सिलगढी: काली पूजाको अवसरमा सिलगढीका पुलिस आयुक्त सी सुधाकरले पुलिस उपायुक्त (ट्राफिक) विश्वचन्द ठाकुर, पुलिस उपायुक्त (हेडक्वार्टर) तन्मय, पुलिस उपायुक्त (पूर्व) राकेश सिंह लगायत धेरै एसीपीहरूसँग प्रशासनिक बैठक गरे। बैठकमा पुलिस आयुक्त, आईसी, ओसीलगायत विभिन्न विभागका अधिकारीहरुको उपस्थिति रहेको थियो। पछि पत्रकारहरूलाई सम्बोधन गर्दै पुलिस आयुक्तले भने, ‘सिलगढीमा ६०० भन्दा बढी काली पूजाहरू आयोजना भइरहेको छ। काली पूजाका दिन चोक चोकमा ह्वाइट कलर पुलिस तैनाथ गरिने छ।










