पुलिस अधिकारीमाथि हमला: अभिनेत्री कोरोबी शर्मा र मयूरी गौतमलाई पक्राउ

photocollage_2024421215442559.jpg

गुवाहाटी: गुवाहाटीमा पुलिस अधिकारीमाथि हमला मामिलामा अभिनेत्री कोरोबी शर्मा र मयूरी गौतमलाई आइतवार पक्राउ गरिएको छ। वस्तुतः आइतवार बिहान गुवाहाटीको बसिष्ठ थाना क्षेत्रको एउटा बारमा एक पुलिस अधिकारीमाथि निर्ममातपूर्वक हमला गरिएको आरोप लागेको थियो।

जानकारी अनुसार, प्रदीप बसुमतारी नाम गरेका पुलिस अधिकारी र ईसीएचओ स्थानीय बारका कर्मचारीहरूबीच झगड़ा भयो। प्रारम्भिक रिपोर्टबाट थाहा लागेको छ कि पुलिस अधिकारी बसुमतारीको साथ पहिले भनावैरी भयो र फेरि मामिला कुटपिटसम्म पुग्यो। जसको परिणामस्वरूप उनलाई जमेर कुटियो। बसुमतारीले आरोप लगाए, उनीमाथि डीजल छर्केर जलाउने प्रय़ास पनि गरियो। यस मामिलामा अभिनेत्री कोरोबी शर्मा र मयूरी गौतमलाई आइतवार पुलिसले पक्राउ गऱ्यो। पुलिसले मामिलाको जाँच गरिरहेछ।

About Author

Advertisement