पुलिसले सुम्पिदियो मालिकहरूलाई चोरी तथा हराएको २० वटा मोबाइल

Screenshot_20240220_175933_Chrome.jpg

सिलगढी: सिलगढी थाना पुलिसले चोरी, छिनताई तथा हराएको मोबाइल उद्धार गरेर यसको असली मालिकहरूलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार गत केही दिनदेखि थानामा मोबाइल छिनताई गरेको धेरैवटा मामिला दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका मतिगढा थाना पुलिसले चोरी तथा छिनताई भएको २० वटा मोबाइल उद्धार गरेपछि आज यसको असली मालिकलाई सुम्पिदिएको छ। यसरी चोरी तथा हराएको मोबाइल फिर्ता पाएपछि तिनीहरू खुसी हुँदै पुलिसलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement