पुलबजार: दार्जिलिङको पुलबजार बिजनबारी ग्राम पञ्चायतमा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गरेको छ। भाजपाको टिकटमा चुनाउ जितेर भर्खरै मात्र भागोप्रमो-मा सामेल भएकी पद्मा सुब्बालाई प्रधान पद अनि स्वतन्त्र प्रार्थीका रूपमा विजयी बनेपछि भागोप्रमो-मा सामेल हुने युवराज सुब्बालाई उप-प्रधानको पद दिएको छ। चुनाउको नतिजा पछि निक्कै उतार-चढाव देखिएको पुलबजार बिजनबारी ग्राम पञ्चायत आसनमा पनि अन्ततः भागोप्रमोले नै बोर्ड गठन गर्ने सक्षम बनेको छ।










