पुलबजार बिजनबारी गोक समष्टिको सभासद भुपेन्द छेत्रीको आकस्मिक निधन

IMG-20260125-WA0064

बिजनबारी: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधिएीनस्थ तीन नम्बर समष्टि पुलबजार बिजनबारी गोक समष्टिका सभासद भुपेन्द छेत्रीको आइतबार बिहान हृदयघातको कारण दु:खद निधन भएको भएको छ। भागोप्रमो पुल बिजनबारी गोक समष्टि महासचिव विनय सुब्बाले दिएको जानकारी अनुसार आइतबार बिहान लगभग दस बजीतिर नुहाउने क्रममा बाथरुममा पसेका छेत्री निकैबेरसम्म पनि बाहिर ननिस्केपछि खोजीतलास गर्दा उनलाई अचेत आवस्थामै परिवारले बाथरुममा भेटिएको थियो। त्यसपछि उनलाई अत्यन्तै चिन्ताजनक आवस्थामा बिजनबारी ग्रामीण अस्पतालमा पुराइएको भए पनि जाँचको क्रममा उनको मृत्यु भएको थाहा पाएपछि अस्पतालले छेत्रीलाई मृतक घोषित गरेको थियो। यसैबीच उनको निधनमा जीटीएका प्रमुख कार्यपाल अनित थापा, जीटीए भाइस चेयरम्यान राजेस चौहान, जीटीए कृषि विभागीय सभासद सतीश पोख्रेल, पूर्व जीटीए कार्यपाल तथा सभासद विनय तामाङ, सभासद तथा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको अध्यक्ष अजय एडवर्ड, दार्जिलिङका सांसद राजु विष्ट लगायत दार्जिलिङ पहाडका विभिन्न नेतृत्वहरुले छेत्रीको निधनमा शोक प्रकट गरेका छन्। सभासद भुपेन्द्र छेत्री भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन अखिल भारतीय गोर्खा विद्यार्थी महासंघको केन्द्रीय महासचिव पनि रहेका थिए।

About Author

Advertisement