दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले संजाल मार्फत जानकारी गराए कि भारतीय क्रिकेट टोलीले फेरि एकपटक इतिहास रच्यो।
सन् २००७, २०२४ र २०२६ मा
आईसीसी पुरुष टी२० विश्व कप उपाधि लगातार जित्दै, भारत यस्तो उपलब्धि हासिल गर्ने पहिलो राष्ट्र बन्यो। साथै, यो जितसँगै भारतले तेस्रो पटक विश्वकपको उपाधि उचाल्दै प्रतियोगिताको इतिहासमा आफ्नो गौरवशाली स्थान अझ मजबुत बनायो।
सांसद विष्टले अघि बताए यस ऐतिहासिक विजयसँगै देशभर गर्व र उत्साहको वातावरण छ। करिब एक अर्ब चालीस करोड भारतीय नागरिक आज यस सफलतामा सँगै खुसी साटिरहेका छन्। यो विजय केवल खेलाडीहरूको मात्र नभई देशका प्रत्येक समर्थकको भावना, समर्पण र खेलप्रतिको प्रेमसँग जोडिएको उपलब्धि मानिएको छ।
यसैगरी सांसदले अन्तमा भारतीय क्रिकेटको अदम्य साहस, दृढ संकल्प र उत्कृष्ट प्रदर्शनले विश्व खेलकुद जगतमा फेरि एकपटक आफ्नो शक्ति र प्रतिष्ठा प्रमाणित गर्यो र यस महान् सफलतापछि भारतीय टोलीलाई देश–विदेशबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ भने।










