कोलकाताः हालमा सम्पन्न पञ्चायत चुनाउमा धांधली, हिंसा र तोड़फोड़का घटनाहरू पूरा देशमा चर्चामा रहेको छ। अब एक पल्ट फेरि तृणमूल कांग्रेसका ९ उम्मेदवार बाहेक एक निर्दलीय उम्मेदवारले कलकत्ता हाईकोर्टमा याचिका लगाएर पुनर्निर्वाचनको माग गरेका छन्। यही हप्ता शुक्रवार मामिलाको सुनवाई हुनसक्छ।
सूत्रहरू अनुसार, दुई निर्दलीय र सात तृणमूल उम्मेदवारले न्यायमूर्ति अमृता सिन्हाको एकल पीठमा याचिका लगाएको छ। यी याचिकाकर्ताहरूले पीठासीन अधिकारीमाथि पनि आरोप लगाउँदै पुनर्मतदान र पुनर्मतगणना जरूरी छ भऩी दाबी गरेका छऩ्।
-हिस









