पुतली संरक्षणमा जोड़ दिँदै राजाभाखावामा बिग बटरफ्लाई मन्थ पालन

0-3ff8deeb-080a-4a92-81da-109d854b4b2c

कालचिनी: बक्सा ब्याघ्र प्रकल्प पश्चिमअन्तर्गत पर्ने राजाभातखावाको लगभग ४ एकर जमीनमा अवस्थित बटरफ्लाई कञ्जर्भेटरी पार्कमा आज नेचर मेट्स नेचर क्लब कोलकाताको आयोजना अनि बक्सा ब्याघ्र प्रकल्पको सहयोगितामा बिग बटरफ्लाई मन्थ पालन गरिएको जानकारी नेचर मेट्स नेचर क्लब कलकत्ताको चीफ कोर्डिनेटर सारिका वैद्यले दिएकी छिन्।उक्त बटरफ्लाई कञ्जर्भेटरी पार्कमा शनिबार बिहान १० बजे बक्सा ब्याघ्र प्रकल्प पश्चिमको डीएफडी प्रवीण कासवानको प्रमुख उपस्थितिमा स्कूले विद्यार्थीहरुलाई समेटेर वाक फर बटरफ्लाईअन्तर्गत कञ्जर्भेटरी पार्कमा रहेको विभिन्न प्रजातिका पुतलीहरुको परिचय साथै यिनीहरुको जीवनचक्र बारेमा नेचर मेट्स नेचर क्लब कलकत्ताको रिसर्च एसोसिएटहरुले जानकारी गराउने कार्य गरे।

डईएफडी प्रवीण कासवानले वन्यजीव संरक्षणको क्षेत्रमा प्रकृतिमा रहेका साना भन्दा साना जीवहरुको इकोतन्त्रमा आफ्नै महत्व र भूमिका रहेको र बक्सा ब्याघ्र प्रकल्पमा आजसम्म धेरै प्रजातिको पुतलीहरु पाउन सक्नु बक्सा ब्याघ्र प्रकल्पको लागि यो महत्वपूर्ण गौरवको कुरा रहेको बताए। कार्यक्रममा पुतलीहरुको जीवनचक्र र यसको प्रजननको निम्ति नै बटरफ्लाई कञ्जर्भेटरी पार्क रहेको र यस कञ्जर्भेटरीमा १२८ प्रजातिको पुतलीहरु रेकर्ड भएको अनि ७२ प्रजातिको पुतलीहरुले जीवनचक्र पुरा गरेको पनि नेचर मेट्स नेचर क्लब रिसर्चका चीफ कोर्डिनेटर सारिका वैद्य लगायत एसोसिएट सदस्यहरु तमघ्ना सेनगुप्ता, नम्रता दास, अर्क पाल साथै अन्य सदस्यहरुले जनाएका छन्।

मूलतः बिग बटरफ्लाई मन्थ पालन उत्तर बङ्गालमा नै राजाभातखावामा प्रथम पालन भईरहेको र सन २०२० देखि भारतमा पालन हुन थालेको र यो आज र भोलि गरी दुई दिनसम्म चल्ने बताउँदै जसरी हामी सेभ द टाइगर भन्छौ ठीक यसरी नै सेभ दी बटरफ्लाई पनि भन्नु पर्छ र प्रकृतिमा पुतलीहरुको जीवनचक्र र यसको संरक्षण गर्न यस्तै कञ्जर्भेटरीमा होस्ट प्लान्ट र नेक्टर प्लान्टको रोपण अत्यावश्यक रहेको र धेरै पुतली प्रजाति विलुप्त हुन लागेकोले यसलाई हामी सबै मिलेर संरक्षण गर्नु पर्ने आह्वान नेचर मेट्स नेचर क्लब कलकत्ताको चीफ कोर्डिनेटर सारिका वैद्यले गरेकी छिन्।

About Author

Advertisement