कराची: पूर्व क्रिकेटर तथा कप्तान शाहिद अफरीदीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) – लाई भारत आफ्नो टीम पाकिस्तान पठाउन तयार नभञ्जेलसम्म आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद) टुर्नामेण्टसहित सबै थरीको क्रिकेट प्रतियोगिताको निम्ति राष्ट्रिय टीमलाई भारत नपठाउने सल्लाह दिएका छन्। कराची कला परिषदमा आयोजित उर्दू सम्मेलनमा पूर्व दिग्गज अलराउण्डर अफरीदीले भारतसँग पीसीबीले क्रिकेट सम्बन्धहरूमाथि कड़ा नीति अप्नाउनु पर्ने दावी गर्दै मजबूत निर्णय लिन पाकिस्तान आत्मनिर्भर बन्नु पर्ने बताए। अफरीदीले भने, पाकिस्तान क्रिकेटले मजबूत र आत्मनिर्भर बन्नको साथै सैद्धान्तिक फसेला लिनु पर्नेछ। भारत यदि पाकिस्तान आएर खेल्न सक्दैन भने हाम्रो निम्ति पनि भारत गएर खेल्ने कुनै कारण छैन। त्यो चाहे आईसीसी टुर्नामेण्ट नै किन नहोस्। हामीले पनि कठोर फसेला लिनु पर्नेछ। उल्लेखनीय छ, आईसीसी च्याम्पियन्स ट्रफीको आयोजन आउँदो साल फरवरी-मार्चमा पाकिस्तानमा हुनेछ। भारतले यस प्रतिष्ठित टुर्नामेण्टको निम्ति पाकिस्तानमा जान अस्वीकार गरेको छ। यसको साथमा भारतले टुर्नामेण्टको आयोजन हाइब्रीड मोडलमा गर्ने माग गरेको छ, जसले भारतलाई आफ्नो म्याचहरू तटस्थ स्थानमा खेल्ने अनुमति प्रदान गर्नेछ। पीसीबीले चाहिँ भारतको हाईब्री़ड मोडलको प्रस्तावलाई खारेज गरेको छ। दुई देशको क्रिकेट बोर्डबीच झ्याउलाले गर्दा नै आईसीसीले अहिलेसम्म टुर्नामेण्टको क्रीड़ासूची जारी गर्न सकेको छैन।










