पीसीएस र जेयूएसद्वारा मिडियाविरोधी बयानको निन्दा

7544d199-34d4-4bf9-ba05-78ffc5dbec8a

गान्तोक: प्रेस क्लब अफ् सिक्किम (पीसीएस) र जर्नलिस्ट युनियन अफ् सिक्किम (जेयूएस) ले पूर्व मन्त्री तथा एसडीएफ पार्टीका वरिष्ठ नेता छिरिङ वाङ्गदी लेप्चाको राज्यका मिडिया जगतलाई लिएर फेसबुक पोस्टको कड़ा शब्दहरूमा प्रतिक्रिया जनाएका छन्। यद्यपि, मिडिया जगतबाट तीव्र प्रतिक्रियापछि लेप्चाले आफ्नो उक्त फेसबुक पोस्ट हटाएका छन्। पीसीएस र जेयूएसले कसैको नाम नलिइ एउटा संयुक्त प्रेस विज्ञप्ति भनेका छन्, ‘सिक्किमको मिडिया जगतले कुनै पनि राजनीतिक दलका नेता होस् या समाजसित सरोकार राख्ने जिम्मेवार नागरिक, सबैको प्रेस बयान वा प्रेस विज्ञप्तिलाई जनतामा पुयाउन कुनै दिन चुकेको छैन। यसो हुँदा-हुँदै पनि कतिपय जिम्मेवार राजनीतिक दलका नेता वा कार्यकर्ताले सञ्चारजगतको आत्मसम्मानमा चोट पुग्नेगरी सोसियल मिडियामा आधारहीन तथा आपत्तिजनक अभिव्यक्ति दिने गर्दछन्। ‘विज्ञप्तिमा अझ भनिएको छ, ‘यसै शिलशिलामा भर्खर एउटा राजनीतिक दलका एक जिम्मेवार सदस्यले पनि सिक्किमका अधिकांश मिडिया बिकुवा छन् भन्ने आधारहीन अभिव्यक्ति सोसियल मिडियामा दिएका छन्। प्रेस क्लब अफ् सिक्किम साथै जर्नलिस्ट युनियन अफ् सिक्किम उक्त बयानको कडा शब्दमा निन्दा गर्दछ। कुनै पनि जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो असत्य अभिव्यक्ति आउनु भनेको दुर्भाग्यपूर्ण हो।’ पीसीएस र जेयूएसले भनेको छ, ‘राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता वा पदाधिकारीहरूलाई कुनै ठोस आधारबिना चाहे पार्टीबाट होस् या व्यक्तिगत होस् मिडियामाथि अनर्गल आरोप नलगाउन् भनी सचेतना गराउने हामी आग्रह गर्दछ। यदि लगाएको खण्डमा त्यसको पुष्टी पनि गर्नुपर्नेछ प्रेस क्लब अफ् सिक्किम र जर्नलिस्ट युनियन अफ् सिक्किम अभिव्यक्ति स्वतन्त्रताको पक्षमा साथै मिडियामाथि लगाइने लाञ्छनाको विरुद्ध आवाज मुखरित गर्न सदैव प्रतिबद्ध छ।’

About Author

Advertisement