पिता बने सुनिल छेत्री

३१ अगस्तः भारतीय फूटबल टोलीका चमत्कारी कप्तान सुनिल छेत्री पिता बने। बिहीवार बेंगलुरुको एउटा अस्पतालमा सुनिल छेत्रीकी पत्नी सोनम भट्टाचार्यले पुत्र सन्तान जन्म दिए। सूत्रबाट थाहालागे अनुसार, आमा र शिशु दुवै स्वस्थ छन्। सुनिल र सोनमको यो पहिलो सन्तान हो। सुनिल छेत्रीलाई थाईल्याण्डमा हुने आउँदो किंग्स कप फूटबल टुर्नामेण्टको निम्ति भारतीय टोलीमा सामेल गरिएको छैन। आफ्नो परिवारलाई समय दिनको निम्ति उनलाई विश्राम दिइएको छ। किंग्स कपमा हिस्सा नलिए पनि सुनिल छेत्रीले भारतीय टोलीसँग एशियन गेम्समा चाहिँ हिस्सा लिनेछन्, जुन चीनको हांगझोऊमा हुनेछ।

About Author

Advertisement