पिताद्वारा आफ्नै ८ बर्षीय नाबालिग छोरीलाई दुष्कर्म

sexual_assault_and_battery_attorneys-1.jpg

कालचिनी: घोर कलियुगको समयमा अनौठो अनौठो घटनाक्रम समाजमा देख्न र सुन्न पाइन्छ। आज साँझ पुलिसद्वारा प्राप्त जानकारीअनुसार कालचिनी क्षेत्रको एउटा चियाबारीको एकजना ३७ बर्षीय पिताले आफ्नै ८ बर्षीय नाबालिग छोरीलाई दुष्कर्म गरेको घटना थानामा आएको छ। पीड़िता नाबालिग छोरीले पुलिसलाई दिएको बयानअनुसार नशामा धुत भएर आएको पिताले दुष्कर्म गरेको हो।
घटना सम्बन्धमा दुष्कर्मीको पत्नीले कालचिनी थानामा उजुरी गरेपछि पुलिसले दुष्कर्मी पितालाई पक्राउ गरेको छ भने पीड़िता नाबालिग छोरीलाई मेडिकलको निम्ति लगिएको छ। कालचिनी थाना प्रभारी टीएन लामाले बताएअनुसार दुष्कर्मीलाई पोक्सो एक्ट अन्तर्गत अदालत पठाइने र पीड़िता नाबालिगलाई सीडब्ल्यूसीमा पठाइने छ।

About Author

Advertisement