पावर हिटिंग प्रशिक्षक यंगबाट परामर्श लिए बाबर आजमले

IMG-20240704-WA0307

इस्लामाबाद: आईसीसी टी२० वर्ल्ड कप २०२४-मा निराशाजनक प्रदर्शनपछि पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमले खेलको झट्पट प्रारूपको निम्ति आफ्नो कौशलमा सुधार ल्याउन अष्ट्रेलियाई पावर हिटिंग प्रशिक्षक शेनन यंगसँग सहायताको गुहार लाएका छन्। धीमा ब्याटिंगले गर्दा बारम्बार आलोचनाको शिकार बन्ने बाबरले टी२० वर्ल्ड कपको ४ वटा म्याचमा १०१-को दयनीय स्ट्राईक रेटले १२० रन बनाएका थिए। यसैकारण पाकिस्तानले ग्रुप चरणमै विदा लिएको थियो। बाबरले अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र जेक फ्रेसर म्याकगर्कलाई प्रशिक्षण दिइसकेका यंगसँग भेट गरेका छन् अनि उनले टी२० प्रारूपमा सफलतापूर्वक ठूलो शट्रहरू खेल्नको निम्ति आवश्यक कौशलहरूमाथि चर्चा गरे। यो भेटघाट लाहौरमा भयो, जहाँ यंग निजी यात्रामा छन्। यंगलाई धेरैजना अष्ट्रेलियाई खेलाड़ीहरूलाई सल्लाह दिने अनि उनीहरूका पावर हिटिंगको कौशलमा सुधार ल्याउने श्रेय दिइन्छ। अब बाबर पनि उनीबाट परामर्श लिएर आफ्नो कौशल बढ़ाउन चाहन्छन्।

About Author

Advertisement