सिलगढी: सिलगढी नगरनिगमको पोकाइजोत इलाका निवासी एकजना वृद्धा विगत केही साल अघिदेखि बिजुली बत्ति बिना नै जीवन चलाइरहेकी थिइन्। आफ्नो आर्थिक स्थिति एकदमै शोचनीय हुँदा बिजुली बत्ती आफ्नो झोपडीमा बाल्न सकिरहेकी थिइनन्। यो खबर पाएपछि ४६ नम्बर वार्ड नम्बर पार्षद दिलिप वर्मनले उक्त वृद्धाको घरमा बिजुली बत्तीको कनेक्सन लगाइदिएपछि वृद्धा जितनी सिंह निकै खुशी देखिएकी थिइन्। जितनी सिंह आफ्नो लोग्ने र दुईजना छोराको मृत्युपछि आफ्नी एकमात्र छोरीसित उक्त घरमा बस्दै आइरहेकी थिइन्। यो २१औँ शताब्दीमा पनि आर्थिक स्थिति बलियो नभएपछि तिनीहरू बिजुली बत्ती बिनै जीवन यापन गरिरहेकी थिइन्।










