खरसाङ: पहाड़ अनि तराईमा बस्ने अनुसूचित जातिद्वारा सञ्चालित विभिन्न संघ संस्थालाई लिएर खरसाङकोे नयाँ बजारस्थित सार्वजनिक भवनमा एउटा संयुक्त सभा सम्पन्न भयो। श्री दमाई समाजका वरिष्ठ सदस्य श्यामकुमार लोहारकोे अध्यक्षतामा सम्पन्न भएको सभालाई श्री दमाई समाजका मूल सचिव दिपेन सेवाले सञ्चालन गर्दै भने, आजसम्म हामी अनुसूचित जाति जति पनि पहाडी अनि तराई क्षेत्रमा बसोबासो गर्छौं चाहे नेपाली भाषी होस् चाहे हिन्दी भाषी हामी सबै नै अनुसूचित जाति कहीं न कहिँ धेरै कुराले वञ्चित भई नै रहेका छौँ। आज हामी एकै मञ्चमा आएर हाम्रो समस्याकाे सामाधानकोे निम्ति पहल गर्न हेतु एकत्रित भएर एउटा स्थायी रूप दिन साथै आगामी १४ अप्रेल २०२६ कोे दिन बाबासाहेब भीमराव अम्बेडकर काे १३६वाँ जन्म जयन्ती पनि भव्य अनि सभ्य प्रकारले एकत्रित भएर पालन गर्न आज यो सभा डाकिएको हो। यसको साथै विभिन्न सर संस्थाबाट उपस्थित भएका प्रतिनिधिगणलाई आफ्नो परिचय साटी दिने आग्रह गरे। सभामा विगत वर्ष बाबा साहेब डा० भीमराव अम्बेडकर जयन्ती सार्वजनिक रूपमा कसरी पालन गरिएको थियो त्यसकाे जानकारी गराईदिन् हरिजन कल्याण समिति तथा नर्थ बङ्गाल वेलफेयर अर्गेनाइजेशनका मूल सचिव सञ्जय राउतलाई आग्रह गरे। उनले विगत वर्ष गोर्खा साँस्कृतिक संस्थाद्वारा पहिला वैशाख मनाउन हेतु राखिएको सभामा आफ्नो सुझाव राख्ने अवसर प्राप्त हुँदा बाबा साहेबकोे जन्म जयन्ती पनि समावेश गरेर पालन गर्ने प्रस्ताव राख्दा गोर्खा साँस्कृतिक संस्थाले स्वीकार गरे बमोजिम खरसाङमा भएको दुइवटा हरिजन सामाज, हरिजन कल्याण समिति अनि हरिजन सहयोग समितिकोे सयुंक्त तत्वधानमा केक काटेर पालन गरिएकाे थियोे भनी जानकारी दिएका छन्। यसरी सम्पूर्ण अनुसुचित जातिका सर संस्थाहरुद्वारा राखिएको सभामा वक्तव्य राख्ने क्रममा क्रमशः नोर्थ बंगाल हरिजन वेलफेयर ऑर्गेनाइजेशनका अध्यक्ष शंकर रावत, हरिजन सहयोग समितिका सल्लाहकार तपेश्वर राउत अनि अध्यक्ष गौतम राउत, अखिल भारतीय अनुसूचित जाति संस्थाका सदस्य प्रणय रोका, खरसाङ सार्की सामाजका अध्यक्ष रबि तोलंगी, हरिजन कल्याण समितिका अध्यक्ष विजय राउत, सलाहकार रामू राउत श्री दमाई सामाजका सदस्य राजु सेवा, नवीन सेवाले वक्तव्य राखेका थिए। सभामा सबैकोे सर्व सम्मति अनि सुझाव अनुसार यस वर्ष बाबा साहेबकोे जन्म जयन्ती भव्य रूपमा मनाउने निर्णय भयो साथै अनुसुचित जातिकाे हितमा कार्य गर्न एउटा सयुंक्त मञ्च गठन गर्ने निर्णय गरियो जसमा सम्पूर्ण उपस्थित संस्थाका प्रतिनिधिकोे सुझाव लाई ध्यानमा राखेर पार्वतीय तराई अनुसुचित जाति सयुंक्त मञ्च भनि नामकरण गरियो। यसको साथै गठित सयुंक्त मञ्चलाई दिघो समयसम्म सुचारु रूपले सञ्चालन गर्न हेतु यस मञ्चलाई केन्द्रित गरी केन्द्रीय समिति पनि गठन गरियो जसमा उपस्थित सदस्यगणको सर्व सम्मतिले दिपेन सेवालाई संयोजक, रबी तोलंगी ॐलाई अध्यक्ष, कार्यवाहक अध्यक्षद्वय शंकर रावत, गौतम राउत, मूल सचिव संजय राउत, सह सचिव मनिष सेवा, अनिल कुमार वैठा, राजेश कुमार राम धर्म कुमार रविदास , कोषाध्यक्ष दीपसिंह, सह कोषाध्यक्ष गौरी सुन्दास सेवा, सल्लाहकार अर्जुन विश्वकर्मा, नवीन सेवा, श्यामकुमार लोहार, भोला राउत, रामू राउत, ललित सुन्दास, कैलाश सेवा, राजु सेवा लगायत कार्यकारी सदस्यहरु चयन भएका छन्। सभामा कमिटी गठन भए पश्चात सर्व सम्मतिले १४ अप्रेलकोे कार्यक्रम सम्पन्न भए पश्चात मञ्चलाई प्रसार गर्न हेतु काम संगै, संविधान निर्माता दलित समुदायका मसिहा जसलाई ज्ञानकोे प्रतीकले पनि सम्बोधन गरिन्छ खरसाङ बाबा साहेब डा० भीमराव अम्बेडकरकाे सालिग खरसाङमा स्थापित गर्न हेतु सम्बन्धित विभाग तथा जीटीए प्रमुखलाई पत्राचारसंगै तीव्रतापूर्वक पहल गर्ने निर्णय गरियो।










