पार्थ च्याटर्जीको बयानबारे तृणमूलको प्रतिक्रिया

Partha-Chatterjee-2

कोलकाता: तृणमूल कांग्रेसले पार्थ च्याटर्जीको भनाइमाथि प्रतिक्रिया जनाएको छ। तृणमूलका प्रवक्ता कुणाल घोषले पार्थ च्याटर्जीले आफू निर्दोष भएको कुरा पहिले किन भनेनन् भनेर सोधे। ‘पक्राउ परेपछि केही दिनदेखि किन मौन? अकस्मात पैसा नभएको भन्दै दुईपटक षड्यन्त्र भयो भन्दैछन्,’ उनले भने। पार्थ्ले आफूलाई अदालत गएर निर्दोष साबित गर्ने अधिकार रहेको उनले बताए। ‘अभियुक्तको हैसियतले जे बोल्नुपर्छ, अदालतमा बोल्न सक्छन्’, उनले भने। पत्रकार सम्मेलनमा कुणालले पार्टी र सरकारले गर्नुपर्ने काम गरेको बताए। उनले भने, ‘अब हामीले के भन्न खोजेकोमा बारम्बार जवाफ दिन सम्भव छैन। पार्थ च्याटर्जीले विभिन्न दिनमा फरक–फरक कुरा गरिरहेको मिडियाको प्रश्नको जवाफ दिँदै कुणालले भने बताए। ‘आज भने समयले बताउनेछ। समयले आज उनीहरुको बारेमा बताइरहेको छ। आज केही भन्छन्, भोलि अर्पिता मुखर्जीलाई चिन्दिन भन्छन्, भोलि भन्छन् म पार्थ च्याटर्जी हुँ कि होइन, आफैलाई थाहा छैन। यस्तो अवस्थामा अब उनीहरुको बारेमा कुनै बयान दिन चाहन्न,’ उनले भने।

 

 

About Author

Advertisement