पार्टी मुख्यालयमा एसडीएफ सभा

IMG-20250910-WA0133

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्टको एउटा सभा यहाँको इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा बस्यो। सभालाई गान्तोक र पाकिम जिल्लाका उपाध्यक्ष प्रभारी विजय प्रधानले अध्यक्षता गरेका थिए। सभामा पार्टीले केही महत्वपूर्ण प्रस्ताव पारित गरेको प्रेस विज्ञप्ती जारी गरेर जानकारी गराइएको छ।
विज्ञप्तीमा बताइएअनुसार आजको सभाले बिजुली बत्तीको अनियमिततालाई गम्भीरतासित लिँदै गान्तोक र पाकिम जिल्लाका विभिन्न क्षेत्रमा घरिघरि हुने गरेको बिजुली कटौतीमाथि चिन्ता व्यक्त गरेको छ। यसले क्षेत्रवासीलाई धेरै असुविधा हुने गरेको सभाले ठहर गरेको छ। विशेष गरेर दशैं-तिहार नजिकै आइरहेकोले यस विशयमा सम्बन्धित निकायले गम्भीरतासित पहल गर्नुपर्ने पार्टीले आग्रह गरेको छ।

About Author

Advertisement