पार्टी त्याग्नेहरुमाथि खनिए चामलिङ

गान्तोक: एसडीएङ्ग पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले पार्टी त्यागेर सत्तारूढ़ एसकेएम पार्टीमा सामेल हुने नेताहरुवितुद्ध टिप्पणी गर्दै भने, जब एसडीएङ्ग पार्टी सरकारमा थियो, त्यही वरिष्ठ नेताहरूले सरकारको २५ वर्षको उपलब्धिको निर्लज्जतापूर्वक प्रशंसा गर्थे। अहिले एसडीएङ्ग सरकारमा नभएकोले यु टर्न लिएर आङ्गूलाई गलत नेता हुँ भनी आलोचना गरिरहेको उल्लेख गरेका छन्‌। चामलिङले एक प्रेस बयानमार्ङ्गत उनीहरु झुटा रहेको र उनीहरुले विगतमा आफ्नो व्यक्तिगत ङ्गाइदाको लागि प्रशंसा गरेको आरोप लगाएका छन्‌। अहिले ङ्गेरि व्यक्तिगत ङ्गाइदाका लागि मलाई गाली गरेर एसकेएम पार्टीमा सामेल भइरहेको दाबी गरे। आज सिक्किममा धेरै तथाकथित नेताहरूले २०१९ मा एसडीएङ्गको चुनावी पराजय पछि पवन चामलिङलाई आफ्नो शत्रु बनाइरहेको उल्लेख गर्दै यदि उनीहरूले आफ्नो मन्त्री र अन्य महत्त्वपूर्ण पदहरू सम्हालिरहेका बेला यसरी पार्टी छोडेका भए म उनीहरूलाई सलाम गर्ने थिएँ, चामलिङले यसो भने। ती पूर्व एसडीएङ्ग नेताहरूलाई थाहा थियो कि पार्टीमा आन्तरिक लोकतन्त्र छैन र तैपनि उनीहरू एसकेएम पार्टीमा सम्झौता गर्न बाध्य छन्‌ भनी एसडीएङ्ग अध्यक्षले प्रेस बयानमा भनेका छन्‌। उनीहरूको सम्झौता अक्षम्य रूपमा दुर्भाग्यपूर्ण र अत्यधिक निन्दनीय रहेको बताएका छन्‌।
जब एसडीएङ्ग पार्टी छोडेर अर्को पार्टीमा जान्छन्‌, उनीहरूले आफ्नो साहस, अज्ञानता र लोभलाई साथमा लिएर जाने भन्दै अर्को पार्टीमा पनि व्यक्तिगत ङ्गाइदाका लागि बार्गेनिङ गर्ने आरोप पनि लगाएका छन्‌।

About Author

Advertisement