पार्टी छाडेकाहरूलाई कुनै पनि हालतमा पार्टीमा फर्काइल्याउने छैन: गौतम देव

Capture-1.png

सिलगढी: पार्टी छाडेकालाई कुनै पनि हालतमा पार्टीमा फर्काइल्याउने छैन, कसैले पार्टी विरोधी काम गरे पार्टीबाट निष्कासन गरिनेछ। डाबग्राम २ नम्बर ग्राम पञ्चायत अन्तर्गत कानकाटा मोडस्थित तृणमूल पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढीका मेयर गौतम देवले यस प्रकारको मन्तव्य पोखेका हुन्। आज साँझ एउटा पत्रकार सम्मेलनको आयोजना गरेर मेयरले भने, पार्टी विरोधी कार्य गरेकाहरूलाई पार्टीबाट निष्कासित गरिएको छ। तिनीहरूले अनुरोध गरे तापनि पार्टीमा सामेल गरिनेछैन। यस विषयमा अभिषेक बन्दोपाध्यायलाई जनाइएको छ। तृणमूल कङ्ग्रेस सत्तामा हुँदा डाबग्राम फुलबारी इलाकामा धेरै विकासमूलक कार्य भएको थियो हालका विधायकले यहाँ कुनै कार्य नगरेको तिनले आरोप लगाए। यस पल्टको चुनाउमा तृणमूललाई मतदान गरेर जिताएको खण्डमा इलाकामा विकासमूलक कार्यहरू गरिनेछ। डाबग्राम फुलबारी इलाकालाई पनि सिलगढी नगरनिगममा अन्तर्भुक्त गर्ने विषयमा मुख्यमन्त्री ममता ब्यानर्जीसित अनुरोध गर्ने तिनले बताए।

About Author

Advertisement