पार्टी कार्यकर्ताहरूलाई उत्साहका साथ अग्रसर हुन कोमल चामलिङकाे आह्वान

n671866208175208617440447a0912ece43156859ce23b82f6daf632dd2aa8460777537ca0ea088405e5645

गान्तोक: आज सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको नामथाङ-रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत नामथाङ महकुमामा एक महत्वपूर्ण सभा पार्टीका नेता जीवन राईको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा विशेष अतिथिका रूपमा एसडीएफ पार्टीकी चेली नेतृ कोमल चामलिङ, दक्षिण जिल्लाका पार्टी अध्यक्ष रमेश किराँत राई, प्रवक्ता योजना खालिङ र पार्टी कार्यकर्ताहरू उपस्थित थिए।
सभामा वक्ताहरूले पार्टी सुदृढीकरण, संगठनात्मक सुधार, युवाहरूको सक्रियता, र आगामी रणनीतिहरूको सम्बन्धमा महत्वपूर्ण सुझाउ र विचार राखेको आज जारी विज्ञप्तिमा उल्लेख छ। सभामा विचार विमर्श तथा सहभागीहरूको सामूहिक सल्लाहपछि लाक्पा तामाङलाई नामथाङ क्षेत्रको मुख्य संयोजकको रूपमा चयन गरिएको बताइएको छ। सभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष रमेश किराँतले पार्टीका वर्तमान गतिविधिहरूको समीक्षा गर्नुका साथै युवाहरूलाई नेतृत्वमा अगाडि ल्याउनु आवश्यक रहेकोमा जोड दिए। यसैगरी, चेली नेतृ कोमल चामलिङले पार्टीप्रति सबै कार्यकर्ताले देखाएको समर्पणको सराहना गर्दै अझ उत्साहका साथ अग्रसर हुन आह्वान गरिन्।

About Author

Advertisement