सोनादा: आफ्नो पार्टी कार्यकर्तामाथिको हमला ठूलो गहन विषय रहेको र यसको हामी घोर भर्त्सना गर्दछौँ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव एवं खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामाले बताएका छन्। उनले सोनादा क्षेत्रमा आफ्नो चुनाव प्रचार गर्ने क्रममा पत्रकारहरुले रेलिङमा भएको घटना विषयमा सोधेका प्रश्नको उत्तर दिन्दै भने, हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले अनित थापाको नेतृत्वमा पहाडलाई शान्ति बनाई राखेका छौं। पहाडलाई शान्ति बनाई राख्नलाई दृढ संकल्प लिएर धेर थोर शान्ति बनाई राखेका छौं। यसपालीको चुनावमा मूल मुद्दा नै पहाडलाई शान्ति बनाई राख्न हो। यो घटना एकदमै निन्दनीय छ। फेरि पनि पहाडलाई हिंसात्मक मोडतिर लाने कतिवटा पार्टीको संकेत छ।’
उनले आफ्नो पार्टी कार्यकर्ताहरु र समर्थकहरुलाई सम्बोधन गर्दै कुनै पनि प्रकारको रियाक्शन नगर्न तथा धैर्य बनाई राख्न अपिल गर्दछौँ। कानुन छ।एफआईआर राम्रोसित गर्नु। यस घटनाको लागि मुख्य नाइकेको अनुमतिबिना यस्तो घटना नहुनु पर्ने हो त्यसैले मुख्य नाईकेलाई पक्राउ गरिनुपर्छ।’
लामाले अझ भने, हामिले पहाडलाई शान्ति बनाई राखेका छौं। तर उनीहरुले फेरि अशान्ति गरिरहेका छन्। उनीहरुको यो अन्तिम लडाई हो र जे पनि गर्न सक्छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई हराउन करङ पनि बेच्न सक्छ। तर करङ पनि बिक्री हुँदैन।’










