खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित समष्टि पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको अध्यक्षता र जीटीएको कार्यकारी सभासद एंव पंखाबारी लङ्भ्यू अम्बटे समष्टिको सभासद कल्पना प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सभामा खरसाङ चिम्नी देवराली समष्टिको सभासद श्याम शेर्पा पनि उपस्थित रहेका थिए। उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीएको प्रमुख कार्यपाल अनित थापाको तीनधारे महानदी समष्टि क्षेत्रमा आगामी १९ फरवरीमा हुने भएको भ्रमण र कर्मी सभालाई लिएर चर्चा परिचर्चा गरिएको छ। तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेको उक्त सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले स्वागत सम्भाषण राखेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा, भूतपूर्व सैनिकबाट श्यामकुमार खवास, शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभापति बिमल शेर्पा, महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सचिव बसन्त राई, शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सभापति प्रणय देवान आदिले वक्तव्य राखेका थिए।

सभामा वक्ताहरुले आगामी १९ फरवरीमा तीनधारे महानदी समष्टिमा पार्टी अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाको भ्रमणलाई लिएर चर्चा परिचर्चा गरेका थिए भने समष्टि कमिटिको तर्फबाट सबैलाई पार्टी अध्यक्ष अनित थापाको भ्रमणावधि सबैलाई उपस्थित भईदिने अनुरोध गरिएको छ। यस सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रुपमा जानकारी गराएका छन्।









