खरसाङ: खरसाङ गिध्द पहाड़ समष्टिमा चुनाव लडिरहेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई जिताउन खरसाङ बजारको विभिन्न वार्डहरूमा चुनावी सभा सम्पन्न भईरहेको छ। यसै क्रममा आज खरसाङ बजारको वार्ड नम्बर १२ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुानवी सभा सम्पन्न भएको छ। उक्त सभालाई भागोप्रमो खरसाङ टाउन कमिटीको सभापति राजु शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई भागोप्रमो खरसाङ टाउन कमिटीको सांगठनिक सचिव दिपेन्द्र सेवाले सञ्चालन गरेका थिए। सभामा भागोप्रमो खरसाङ टाउन कमिटीको संयोजक समीरदीप ब्लोन, २९ नम्बर समष्टि खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङ र सचिव भक्तिमान तामाङले वक्तव्य राखेका थिए। वक्ताहरूले आगामी जीटीए चुनावमा पार्टीको केन्द्रीय अध्यक्ष अनित थापालाई जिताउने अाह्वान् गरेका थिए। यसै सभामा आगामी जीटीए चुनावको लागि खरसाङ बजारको वार्ड नम्बर १२ को लागि बुथ स्तरीय चुनाव को-अर्डिनेशन कमिटी गठन गरिएको छ। उक्त कमिटीमा को-अर्डिनेटरको रुपमा सचिन लामालाई चयन गरिएको छ। त्यसरी नै सह को-अर्डिनेटरहरूमा सम्झना प्रधान, सन्ध्या तामाङ, याङ्की यल्मो, रुबिना प्रधान, संगीता सार्की, कर्म डुक्पा, राजीव लामा, सल्लाहकारमा पुरण प्रधान, कोषाध्यक्ष पासाङ यल्मो, सह कोषाध्यक्षामा बीरेन थापा लगायत ३०-३५ जनाको कार्यकारी सदस्यहरू चयन गरिएको जानकारी भागोप्रमो खरसाङ टाउन कमिटीको सांगठनिक सचिव दिपेन्द्र सेवाले दिएका छन् । सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीको संयोजक समीरदीप ब्लोनले सभा विषयमा जानकारी गराउँदै हामीले २९ नम्बर समष्टि अन्तर्गत खरसाङ बजारको ११ देखि २० नम्बरसम्म पर्ने हुनाले जीटीए चुनावको घोषणा भएकोले हामीले लगातार रुपमा विभिन्न वार्डहरूमा बुथ स्तरीय चुनाव कमिटीहरू गठन गरिएको र हाम्रो समष्टीको प्रार्थी पार्टी अध्यक्ष अनित थापा आफै भएको कारणले हामी उनलाई जिताउन कार्य गरिरहेको बताएका छन्।











