पारस म्हाम्ब्रेलाई बलिंग प्रशिक्षक नियुक्त गऱ्यो मुम्बई इण्डियन्सले

IMG-20241016-WA0293

मुम्बई: आईपीएल-मा पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले भारतीय क्रिकेट टीमका पूर्व बलिंग प्रशिक्षक पारस म्हाम्ब्रेलाई बुधवार यसै भूमिकामा नियुक्त गऱ्यो। भारतीय टीमसँग बलिंग प्रशिक्षकको रूपमा उनको कार्यकाल यस साल भारतको टी२० वर्ल्ड कप जीतको साथ जून महिना समाप्त भएको थियो। मुम्बई इण्डियन्सले बताएअनुसार, म्हाम्ब्रे (५२ वर्ष)-ले बलिंग प्रशिक्षकको भूमिकामा लसिथ मलिंगा र मुख्य प्रशिक्षक माहेला जयवर्धनेसँग मिलेर काम गर्नेछन्। म्हाम्ब्रेले यसअघि पनि मुम्बई इण्डियन्ससँग काम गरेका थिए। उनी टीममा रहँदा मुम्बईले २०१३-मा आईपीएल अनि २०११ र २०१३-मा च्याम्पियन्स लीग टी२० प्रतियोगितामा ट्रफी जितेको थियो । मुम्बई इण्डियन्सले सोमवार श्रीलंकाका पूर्व क्रिकेटर जयवर्धनेलाई फेरि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। बलिंग प्रशिक्षक नियुक्त भएपछि म्हाम्बेले भने, यो मेरो निम्ति सम्मानको कुरा हो। यस फ्रेञ्चाइजीसँग मेरो अलग नाता रहेको छ अनि अहिले खेलाड़ीहरूसँग काम गर्न उत्सुक छु।

About Author

Advertisement